मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीले लेख्न सुरू गरेपछि परीक्षा स्थगित

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयमा सुरू भइसकेको परीक्षा स्थगन भएकाे छ। आइतबार बिहान साढे ६ बजेबाट सुरू भएकाे परीक्षा सम्पन्न नहुँदै स्थगनको सूचना आएको हो।
ग्ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स अन्तर्गत स्नातक तह प्रथम र साताै समेष्टरकाे परीक्षा स्थगन भएकाे हाे। प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भई विद्यार्थीले लेख्न सुरू गरेपछि परीक्षा स्थगितको सूचना आएको थियो।
एमयूमा चैत १८ गते हुन लागेकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न गठित निर्वाचन समितिले अन्तिम घडीमा आएर परीक्षा स्थगन गरेकाे हाे।
विश्वविद्यालयले जारी गरेकाे सूचनामा भनिएकाे छ- ‘स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको मिति २०८१ चैत २ गतेको पत्रानुसार र मध्यपश्चिम विश्वविद्यालय ग्ग्राजुयट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साईन्स अन्तर्गत सञ्चालित सम्पूर्ण केन्द्रीय विभागका विभागीय प्रमुखहरूको २०८१ साल चैत ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार मिति २०८१ साल चैत्र ०३ गते देखि हुने भनिएको स्नातक तह प्रथम र सातौ सेमेष्टरको मध्यवर्ती परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगन गरिएको व्यहोरा सम्वन्धित सबैमा जानकारी गराइन्छ।’
चैत ३, २०८१ आइतबार १२:५८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।