ज्ञानेन्द्र शाहीप्रति आक्रोशित हुँदै रघुजीले भने, ‘जुम्लामा हाहु गरेर आएको जस्तो होइन, इतिहास पढेर आउने मिस्टर’

ज्ञानेन्द्र शाहीप्रति आक्रोशित हुँदै रघुजीले भने, ‘जुम्लामा हाहु गरेर आएको जस्तो होइन, इतिहास पढेर आउने मिस्टर’

काठमाडौं : एमाले सांसद रघुजी पन्तले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीलाई इतिहास पढेर बहस गर्न आउन आग्रह गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले राजतन्त्रको कालखण्डमा विभिन्न घटना घटेको बताएपछि राप्रपा सांसद शाहीले आपत्ति जनाएका थिए।

सांसद पन्त बोल्दै गर्दा बीचमा शाहीले बोल्न थालेपछि सभामुखले समय लिएर बोल्न आग्रह गरे। तर, सांसद शाहीले मानेनन्। यो अवस्थामा सांसद पन्त आक्रोशित हुँदै इतिहास पढेर आउन सुझाव दिए।

‘जुम्लामा हाहु गरेर आको जस्तो होइन, इतिहास पढेर आऊ बहस गर्ने भए,’ लगत्तै आफ्नो बोली सच्याउँदै पन्तले भने, ‘बहस गर्ने भए आउनुस् न पढेर।’

पछि पनि शाहीले नबसेर अवरोध गरेपछि पन्त पुनः आक्रोशति हुँदै दोहोर्याउँछन्, ‘इतिहास पढेर मसँग बहस गर्न आउने मिस्टर, माननीयजी इतिहास पढेर आउनुहोस्।’

उनले नेपालको संविधानले राजतन्त्र नचिन्ने बताए।

उनले भने, ‘अहिले संविधानले राजतन्त्र चिन्दैन। त्यसैले संसदमा यस विषयमा छलफल गर्न पाइँदैन। राजतन्त्र इतिहासको विषय भइसक्यो।’

चैत ३, २०८१ आइतबार १२:४५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।