चन्द्रागिरीमा निर्माणधीन पार्कको पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिकामा निर्माणधीन पार्कमा बनेको पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।
सल्यान कालिमाटी गाउँपालिका-४ स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका-८ बस्ने घनश्याम थापाकी पाँच वर्षीया छोरी पूर्णिमाको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
डुबेकी पूर्णिमालाई मृतकको बुवाले तत्काल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगेकोमा शनिबार साँझ सवा सात बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
चैत ३, २०८१ आइतबार ११:२६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।