पाकिस्तानविरुद्ध न्यूजिल्यान्ड नौ विकेटले विजयी

काठमाडौं : पाकिस्तानविरुद्धको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा न्यूजिल्यान्डले नौ विकेटको जित निकालेको छ।
पाकिस्तानले दिएको ९२ रनको लक्ष्य १०.१ ओभरमा एक विकेट गुमाएर भेट्टाउँदै टोलीले पहिलो जित निकालेको हो।
न्यूजिल्यान्डका लागि टिम सेफर्टले सर्वाधिक ४४ रन बनाउँदा फिन एलिनले २९ र टिम रोबिनसनले १८ रन जोडे।
पाकिस्तानका अबरार अहमदले एक विकेट लिए।
त्यसअघि न्यूजिल्यान्डको क्रिष्टचर्चस्थित हग्ली ओभलमा टस हारेर पहिला ब्याटिङमा तानिएको पाकिस्तान १८.४ ओभरमा अलआउट हुँदै मात्र ९१ रनमा समेटियो।
उसका लागि खुशदिल शाहले सर्वाधिक ३२ रन बनाउँदा कप्तान सलमान अली आगाले १८ र जहानदाद खानले १७ रन जोडे।
न्यूजिल्यान्डका ज्याकोब डफीले चार, काइल जेमिनसनले तीन तथा इस सोदीले दुई विकेट लिए।
सिरिज अन्तर्गतको दोस्रो टी२० मंगलबा विहान सात बजेबाट सुरु हुनेछ।
चैत ३, २०८१ आइतबार ०९:३२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।