दक्षिण अमेरिकामा भयानक आँधी, कम्तिमा २० जनाको मृत्यु

दक्षिण अमेरिकामा भयानक आँधी, कम्तिमा २० जनाको मृत्यु

एजेन्सी : दक्षिण अमेरिकामा आएको भयानक आँधीमा परेर २० जनाको मृत्यु भएको छ।

आँधीले दक्षिणपूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ। धेरै सवारी साधनहरू पल्टिएका छन् भने घरहरूमा क्षति पुगेको छ।

टेक्सासमा धुलोको आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। यसबाहेक ओक्लाहोमा र अर्कान्सासमा पनि ज्यान गुमाउनेको खबर छ।

ट्र्याकर पावरआउटेजका अनुसार शनिबार दिउँसो छ राज्यका २.४ लाखभन्दा बढी घरहरू बिजुलीविहीन थिए। यी राज्यहरूमा टेक्सास, मिसौरी र इलिनोइस समावेश छन्।

मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीमा गम्भीर मौसम चेतावनी जारी गरिएको छ। यी तीन राज्यहरू बाहेक, दक्षिणपूर्वमा मौसम खराब रहेकोले अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि बाढीको चेतावनी जारी गरिएको छ।

राष्ट्रिय मौसम सेवाले यी अचानक आउने बाढी घातक साबित हुन सक्ने बताएको छ। यसअघि शनिबार बिहान मध्य मिसिसिपीमा आँधीको बारेमा उच्च सतर्कता जारी गरिएको थियो।

चैत ३, २०८१ आइतबार ०८:०८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।