प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुँदै

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन्।

आज एपीएफ र कर्णालीबीच भैरहवास्थित सिद्धार्थ रंगशालामा, कोशी र गण्डकीबीच तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा र लुम्बिनी र बागमतीबीच लमहीको देउखुरी क्रिकेट रंगशालामा खेल हुँदैछ।

तीनै खेल विहान नौ बजेदेखि सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

अंकतालिकाको कुरा गर्दा एपीएफ तीन खेलमा चार अंकसहित तालिकाको तेस्रो स्थानमा रहँदा कर्णाली तीन खेलमा एकमा जितसहित सातौं स्थानमा छ।

कोशी चार खेलमा चारमै पराजित भएर तालिकाको पुच्छारमा हुँदा गण्डकी तीन खेलमा एकमा जितसहित पाँचौं स्थानमा छ।

त्यसैगरी लुम्बिनी तीनमध्ये दुईमा जितसहित चौथो स्थानमा हुँदा बागमती तीमध्ये एकमा जितसहित पुच्छारबाट दोस्रो स्थानमा छ।

यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई सात विकेटले पराजित गर्दा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रनले पाखा लगाएको थियो।

चैत ३, २०८१ आइतबार ०७:५१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।