वुमन्स डे कप क्रिकेटमा हङकङले नेपाललाई दियो १०५ रनको लक्ष्य

काठमाडौं : युगान्डामा जारी चार देश सम्मिलित ‘वुमन्स डे कप’ टी२० क्रिकेटमा आज भएको खेलमा हङकङले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ।
युगान्डाको इन्टेब्बे क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो।
उसका लागि साजजीन शाहजादले ५४ रनको अर्धशतकीय पारी खेल्दा क्यारी चानले १६ र यास्मिन डासवानीले १४ रन बनाइन्।
नेपालका लागि राजमती ऐरीले तीन विकेट लिँदा कप्तान इन्दु बर्माले दुई तथा कप्तान पूजा महतो र ईश्वरी विष्टले एक–एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
जारी प्रतियोगितामा पाँच खेलेको नेपालले अहिलेसम्म एक खेलमा मात्र जित निकाल्न सफल भएको छ।
पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोलीलाई पराजित गरेको थियो।
तेस्रो खेलमा हङकङ, चौथो खेलमा पुनः नामिबिया र पाँचौं खेलमा घरेलु टोली युगान्डासँग पराजित भयो।
फाइनल खेल्ने चरणबाट बाहिरिइसकेको नेपाल आजको खेलपछि नेपाल फर्कनेछ।
चैत १, २०८१ शुक्रबार १४:२४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।