आमाले आइसक्रिम खाइदिएपछि चार वर्षीय छोराको प्रहरीलाई फोन- ‘यसलाई लैजानुस्’

आमाले आइसक्रिम खाइदिएपछि चार वर्षीय छोराको प्रहरीलाई फोन- ‘यसलाई लैजानुस्’

एजेन्सी : बालबालिका जति निर्दोष हुन्छन्, त्यति नै उश्रृङ्खल पनि। कहिलेकाहीँ आफ्ना मीठा-मीठा हर्कतले मन जित्छन् भने कहिलेकहीँ यति उश्रृङ्खल हुन्छन् कि दिक्कै पार्छन्।

अनि कहिलेकाहीँ यति अनौठा काम गर्छन् कि अभिभावकलाई नै अक्क न बक्क पारिदिन्छन्। अमेरिकामा एउटा चार वर्षको बालकले यस्तै गरेर आमाले आफूमाथि ठूलो अन्याय गरेको भन्दै प्रहरीलाई बोलाएका छन्।

यो घटना अमेरिकाको विस्कन्सिन राज्यको हो। यहाँको माउन्ट प्लेजन्स क्षेत्रको प्रहरीलाई फोन आउँछ। फोन रासिन काउन्टीकी एक महिला प्रहरी अधिकारीले उठाउँछिन्।

‘नमस्ते, यो रासिन काउन्टी हो’, प्रहरी अधिकारीले फोनमा भनिन्। यसपछि बच्चाले आफ्नो गुनासो गर्दै भन्छ, ‘मेरी आमाले मलाई धेरै नराम्रो व्यवहार गर्नुहुन्छ।’

महिला प्रहरी अधिकृतले सोध्छिन्, ‘ठीक छ, खासमा के भयो?’ जसको जवाफमा ती चार वर्षीय बालक भन्छन्, ‘आउनुहोस् र मेरी आमालाई लिएर जानुहोस्।’

कल रेकर्डिङमा थप कुराकानी पनि सुन्न सकिन्छ। यसमा प्रहरीले सोधिरहेको छ, ‘त्यहाँ के भइरहेको छ?’ यसैबीच, बच्चाकी आमा फोनको नजिक आउँछिन् र फोन लिन्छिन् अनि भन्छिन्, ‘ओह सरी, ऊ केवल ४ वर्षको छ।’

यसपछि दुई महिला प्रहरी अधिकारीहरू बच्चाको घर पुग्छन्। घर पुगेपछि थाहा हुन्छ बच्चाको आइसक्रिम आमाले खाएपछि रिसाएर बच्चाले प्रहरीलाई फोन गरेको रहेछ। प्रहररीले बच्चाकी आमासँग कुरा गरेपछि यो कुरा सुनिश्चित भयो।

प्रहरी घरमै आएपछि भने ती बालकले आफ्नी आमालाई जेल पठाउन नचाहेको बताए। यो घटनाको दुई दिनपछि प्रहरी फेरि बच्चाको घरमा आइसक्रिम बोकेर जान्छन्, जसले ती बालक निकै खुसी हुन्छन्।

चैत १, २०८१ शुक्रबार १४:१०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।