प्रधानमन्त्री कपमा बागमतीले सुदूरपश्चिमले दियो २६७ रनको लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २६७ रनको लक्ष्य दिएको छ।
तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६६ रन बनायो।
उसका लागि शुभ कंशाकार र आशुतोष गिराहियाले क्रमशः ७७ र ५८ रनको अर्धशतकीय पारी खेले। शुभले ६८ बलमा ७७ रन बनाउँदा आशुतोषले १०१ बलमा ५८ रन जोडेका थिए।
त्यसबाहेक इसान पाण्डे ३६, पृथु बास्कोटा र प्रतिश जिसी समान १५–१५, सुमन सुनार १२ र विवेक मगरले १० रन जोडे।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले समान दुई–दुई विकेट लिए।
सुदूरपश्चिमले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
चैत १, २०८१ शुक्रबार १३:३५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।