युगाण्डासँग हारेको महिला टोलीले आज हङकङसँग खेल्दै

युगाण्डासँग हारेको महिला टोलीले आज हङकङसँग खेल्दै

काठमाडौं : युगाण्डामा जारी वुमन्स डे कप टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल दिउँसो पौने १ बजे सुरु हुनेछ।

सिरिजमा नेपालले खेलेका पाँच खेल मध्ये चार खेलमा पराजित भएको छ। बिहीबार भएको पाँचौँ खेलमा नेपाल चौथो पटक पराजित भयो।

नेपाल घरेलु टोली युगाण्डासँग ४० रनले पराजित भएको हो। ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर एक बलमा ५१ रनमा अल आउट भयो।

यसअघिको खेलमा नेपालले युगाण्डालाई १ विकेटले पराजित गरेको थियो। प्रतियोगिता अन्तरगत आजै युगान्डा र नामिबिया खेल्नेछन्।

शीर्ष २ टोलीले आइतबार फाइनल खेल्दा तेस्रो स्थानका लागि खेल्ने टोलीको पनि आजै टुंगो लाग्नेछ।

चैत १, २०८१ शुक्रबार ०७:२६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।