घर पूजामा खुकुरी हानेर १७ वर्षीय युवाको हत्या, पाँच जना पक्राउ

कालिकोट : घर पूजामा भेला भएका युवाहरूबिचको झगडामा खुकुरी प्रहार हुँदा १७ वर्षीय युवाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका–१० चौकीमा बुधवार राती हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो।
दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भए। झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो। सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा बिहीबार बिहान जिल्ला प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको छ। पाँचै जना १८ वर्ष मुनीका हुन्। मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए।
फागुन २९, २०८१ बिहीबार १६:४५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।