क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीको शपथ ग्रहण भोलि

एजेन्सी : क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीको शपथ ग्रहण समारोह भोलि अर्थात् १४ मार्चमा हुने भएको छ। उनले क्यानडाको २४औं प्रधानमन्त्रीको रूपमा शपथ लिनेछन्।
शपथ ग्रहण समारोह नेपाली समय अनुसार राति ८:४५ बजे राजधानी ओटावाको रिडाउ हलको बलरूममा हुनेछ। कार्नी बाहेक उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शुक्रबार शपथ लिनेछन्।
कार्नीले फेब्रुअरी ९ मा लिबरल पार्टीको नेताको लागि ८५.९ प्रतिशत मत प्राप्त गरे। कार्नीले वर्तमान क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिनेछन्।
पार्टी नेताको चुनाव जितेपछि कार्नीले प्रधानमन्त्री ट्रुडोलाई भेटेर सत्ता हस्तान्तरणको बारेमा छलफल गरेका थिए।
जनवरीमा प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका ट्रुडो शुक्रबार गभर्नर जनरलकहाँ गएर आधिकारिक रूपमा आफ्नो राजीनामा बुझाउनेछन्।
मार्क कार्नी एक अर्थशास्त्री र पूर्व केन्द्रीय बैंकर हुन्। कार्नी २००८ मा बैंक अफ क्यानडाको गभर्नर निर्वाचित भए। क्यानडालाई मन्दीबाट बाहिर निकाल्न उनले चालेका कदमहरूका कारण, बैंक अफ इङ्गल्याण्डले उनलाई २०१३ मा गभर्नर पदको प्रस्ताव गर्यो।
बैंक अफ इङ्गल्याण्डको ३०० वर्षे इतिहासमा यो जिम्मेवारी पाउने उनी पहिलो गैर-ब्रिटिश नागरिक थिए। उनी २०२० सम्म यससँग सम्बन्धित रहे। ब्रेक्जिटको समयमा लिइएका निर्णयहरूले उनलाई बेलायतमा प्रसिद्ध बनायो।
फागुन २९, २०८१ बिहीबार १३:३७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।