प्रधानमन्त्री कपमा आर्मीले कर्णालाई दियो २६३ रनको लक्ष्य

प्रधानमन्त्री कपमा आर्मीले कर्णालाई दियो २६३ रनको लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा भइरहेको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई २६३ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङमा तानिएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २६२ रन बनायो।

उसका लागि त्रितराज दास र कप्तान विनोद भण्डारीले क्रमशः ६९ र ५६ रनको अर्धशतकीय पारी खेले।

त्यसका अलावा भिम सार्की ४०, बसीर अहमद ३६ र सोमपाल कामी १३ रनमा आउट भए।

बलिङतर्फ कर्णालीका पाँच खेलाडी आए पनि विकेट भने तीन जनाले मात्र लिन सके। उनीहरू २३ रन अतिरिक्त खर्चिए।

उसका लागि प्रकाश जैसीले चार विकेट लिँदा दिनेश अधिकारीले तीन र सुनिल धमलाले दुई विकेट हात पारे।

कर्णालीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

फागुन २९, २०८१ बिहीबार १२:५४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।