प्रधानमन्त्री कप : लुम्बिनी २१७ रनमा अलआउट हुँदा मधेश १६८ मा समेटियो

प्रधानमन्त्री कप : लुम्बिनी २१७ रनमा अलआउट हुँदा मधेश १६८ मा समेटियो

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा गण्डकी प्रदेशविरुद्ध लुम्बिनी प्रदेश २१७ रनमा समेटिएको छ।

भैरहवामा टस हारेर पहिला ब्याटिङमा तानिएको लुम्बिनीले ४९.५ ओभरमा अलआउट हुँदै २१७ रन बनाएको हो। उसका लागि प्रज्वल थापाले ७२ रनको अर्धशतकीय पारी खेल्दा मृनाल गुरुङले ३८ र देव खनालले ३३ रन जोडे।

विप्रासन केसी २५ रनमा आउट हुँदा मनिष थापाले २४ रन जोडे। गण्डकीका अमृत गुरुङले तीन विकेट लिँदा चन्द्र पौडेल र विपिन खत्रीले समान दुई विकेट हात पारे।

देउखुुरी क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेश प्रदेशलाई एपीएफ क्लबले ४०.४ ओभरमा १६८ रनमा समेटेको छ।

मधेशका लागि पवन सर्राफले ७७ बलमा ७७ रनको अर्धशतकीय पारी खेल्दा उनलाई कसैले पनि साथ दिन सकेनन्। कप्तान अनिल शाह १७ रनमा आउट हुँदा मयन यादव ११ तथा रुपेश सिंह र प्रदीप पासवानले समान १०-१० रन बनाए।

एपीएफका कमलसिंह ऐरीले चार विकेट लिँदा भुवन कार्की र कप्तान रोहित पौडेलले दुई-दुई विकेट लिए।

अब केहीबेरमा गण्डकी र एपीएफले जवाफी ब्याटिङ गर्नेछ।

फागुन २९, २०८१ बिहीबार १२:३४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।