प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुँदै

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुँदैछन्।
आज भैरहवाको सिद्धार्थ रंगशालामा गण्डकी र लुम्बिनी, तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा त्रिभुवन आर्मी क्लब र कर्णालीबीच प्रतिस्र्धा हुँदैछ।
यस्तै दाङको लमही क्रिकेट मैदानमा एपीएफ र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। सबै खेल विहान नौ बजेदेखि सुरु हुँदैछ।
अंकतालिकको कुरा गर्दा त्रिभुवन आर्मी क्लब दुई खेलमा दुई जितसहित पहिलो स्थानमा रहँदा नेपाल पुलिस क्लबपनि समान खेलमा समान जितसहित दोस्रो स्थानमा छ।
एक खेल खेलेको एपीएफ त्यसमा जित निकाल्दै तेस्रो स्थानमा रहँदा समान खेल खेलेको एपीएफ पनि एक जितसहित चौथो स्थानमा छ।
एकमा जित र एकमा हार बेहोरेको कर्णाली पाँचौं स्थानमा हुँदा दुईमध्ये एक खेल जितेको लुम्बिनी छैटौं स्थानमा छ।
तीनमध्ये एक खेल मात्र जितेको सुदूरपश्चिम सातौं स्थानमा हुँदा दुईमध्ये एक खेल जितेको गण्डकी आठौं स्थानमा छ।
खेलका दुवै खेलमा पराजित बागमती तालिकाको नवौं स्थानमा हुँदा कोशी खेलेका तीनै खेलमा पराजित हुँदै तालिकाको पुच्छारमा छ।
हिजो भएको खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई १५४ रनले पराजित गरेको थियो।
फागुन २९, २०८१ बिहीबार ०८:०१:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।