वुमन्स डे कप : नेपालले नामिबियाले दियो बलियो लक्ष्य

वुमन्स डे कप : नेपालले नामिबियाले दियो बलियो लक्ष्य

काठमाडौं : युगान्डामा जारी वुमन्स डे कप टी२० प्रतियोगितामा नामिबियाले नेपाली टोलीलाई बलियो लक्ष्य दिएको छ।

एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङमा तानिएको नामिबियाले निर्धारित ओभरमा आठ विकेट गुमाएर १२५ रन बनायो। योसँगै नेपालले १२६ रनको लक्ष्य पाएको छ।

नामिबियाका लागि यासमिन खानले ४४ बलमा ४५ रनको पारी खेल्दा उल्का म्याटाइलले २० रन जोडिन्।

नेपालका लागि ईश्वरी विष्टले तीन तथा रचना चौधरीले दुई विकेट हात पारिन्। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

यसअघिको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो भने युगान्डामाथि एक विकेटको रोमान्चक जित हात पारेको थियो। तर, हङकङविरुद्धको खेलमा दुई रनको झिनो अन्तरले हार बेहोर्यो।

युगान्डा चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको हङकङको पनि चार अंक नै छ।

फागुन २८, २०८१ बुधबार १४:२४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।