प्रधानमन्त्री कपमा आज सुदूरपश्चिम र आर्मी तथा कोशी र पुलिस भिड्दै

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ।
भैरहवाको सिद्धार्थ रंगशालामा सुदूरपश्चिम र आर्मी भिड्दा तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा कोशी र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ।
दुवै खेल विहान नौ बजे सुरु हुनेछ।
जारी प्रतियोगितामा सुदूरपश्चिमले दुई खेल खेल्दा एकमा मात्र जित हात पार्दा आर्मीले खेलेको एक मात्र खेलमा विजयी भएको थियो।
यस्तै कोशीले दुई खेलमा दुवै खेलमा पराजय भोग्दा पुलिस क्लबले एकमात्र खेल खेलेको छ। जसमा उ विजयी भएको छ।
यसअघि हिजो भएको खेलमा मधेशले कोशीलाई १६५ रनले पराजित गर्दा गण्डकीले कर्णालीलाई चार विकेटले हराएको थियो।
फागुन २८, २०८१ बुधबार ०८:१८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।