वीर अस्पतालको निर्देशकमा ‘प्रधानमन्त्री प्रिय’ डा. शर्मा, सहायक निर्देशकमा डा. अधिकारी

वीर अस्पतालको निर्देशकमा ‘प्रधानमन्त्री प्रिय’ डा. शर्मा, सहायक निर्देशकमा डा. अधिकारी

काठमाडौं : वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा र सहायक निर्देशकमा डा. मीनचन्द्र अधिकारी नियुक्त भए। यी दुवै नियुक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका हुन्। मंगलबार मन्त्री पौडेलले १२औँ तहको दरबन्दी भएको ठाउँमा दसौँ तहका चिकित्सकलाई जिम्मेवारी दिए।

डा. शर्मा वीर अस्पतालमा नै कार्यरत कलेजो रोग विशेषज्ञ हुन्। उनी प्रधानमन्त्री केपी ओली निकट निजी चिकित्सकका रूपमा परिचित छन्। डा. अधिकारी पनि वीरमै कार्यरत दसौँ तहका फिजिसियन हुन्। उनी अस्पतालमा मेडिसिन विभागको प्रमुख समेत हुन्।

मंगलबार दुवैले जिम्मेवारी सम्हाले। जिम्मेवारी सम्हाल्दै डा शर्माले निर्णय गरिसकेपछि फिर्ता लिने आफ्नो बानी नरहेको र अस्पतालको प्रशासकीय प्रमुख अस्पतालको निर्देशक नै हुने बताए। 

फागुन २७, २०८१ मंगलबार २१:०८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।