एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

काठमाडौं : एनएमबि बैंकले आउँदो वैशाखदेखि लागू हुने गरि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको छ।
बैंक सञ्चालक समितिले आउँदो वैशाख १० गतेदेखि लागू हुने गरी बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका गोविन्द घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्ष अवधिका लागि नियुक्त गर्ने र हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो।
एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
फागुन २६, २०८१ सोमबार ११:२८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।