मैदानभित्रै जुवाको प्रचार गर्दै नेपाल क्रिकेट संघ, पीएम कपमा पछि छोडेन

मैदानभित्रै जुवाको प्रचार गर्दै नेपाल क्रिकेट संघ, पीएम कपमा पछि छोडेन

काठमाडौं : लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री(पीएम) कप क्रिकेटमा अनलाइन जुवाको प्रचार गरिएको छ।

प्रदेशका तीन मैदानमा जारी प्रतियोगितामा नेपाल क्रिकेट संघ क्यानले डाफाबेट नामक अलनाइन जुवा कम्पनीको सरोगेट कम्पनी ‘डाफान्यूज’को प्रचार गरेको हो।

भैरहवा क्रिकेट स्टेडियम र एक्स्ट्राटेक ओभलको मैदानमै अनलाइन जुवा कम्पनीको सरोगटको प्रचार गरिरहेको क्यानले दाङको लमही क्रिकेट मैदानमा भने ब्राउन्डी बाहिरबाट प्रचार गरिरहेको छ।

यसअघि पनि नेपाल क्रिकेट संघले हरेकजसो प्रतियोगितामा जुवाको प्रचार गर्दै आइरहेको छ। चाहे त्यो नेपाल प्रिमियर लिग होस् वा एलिट ट्रफी।

नेपालमा हुने हरेकजसो प्रतियोगितामा क्यानले अनलाइन जुवा खेलाउने डाफाबेटको सरोगेट कम्पनी डाफान्यूजको प्रचार गरिरहेको छ।

आजबाट सुरु भएको प्रधानमन्त्री कपलाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने बजाज पल्सर ‘पावर्ड बाइ’ प्रायोजक हो।

उकेराले यसअघि क्यानले जुवाको प्रचार गरेको विषयमा निरन्तर समाचार प्रकाशित गर्दै आएको छ।

यो पनि:-

फागुन २५, २०८१ आइतबार १०:४९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।