सुशासन प्रवर्धन र सार्वजनिक सेवा सम्बन्धी अध्यादेश पास भयो

काठमाडौँ : सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश बहुमतले स्वीकृत भएको छ। बुधवारको प्रतिनिधिसभा बैठकबाट अध्यादेश स्वीकृत भएको हो।
अध्यादेशबारे उठेको प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले अध्यादेश ल्याउनुको उद्देश्य सुशासन कायम गर्ने रहेको बताएका थिए। सो अध्यादेश संसद्मा निणयार्थ पेस हुँदा बहुमत सांसदले पक्षमा ध्वनि मत दिएपछि पारित भएको थियो।
संसद्मा अन्य चार अध्यादेश समेत आजै पेस भइरहेका छन्। छलफल जारी छ।
फागुन २१, २०८१ बुधबार १५:२७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।