सुनको मूल्य नौ सयले बढ्यो

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
बुधबारको तुलनामा बिहीबार सुन तोलाको नौ सय रुपैयाँ र चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुन तोलाको एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार हुँदा चाँदी एक हजार नौ सय ५० रुपैयाँ कायम भएको छ।
हिजो सुन तोलाको एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार हुँदा चाँदी एक हजार नौ सय ४० रुपैयाँ थियो।
फागुन २१, २०८१ बुधबार ११:४३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।