१४ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं : साताको तेस्रो दिन मंगलबार (आज) सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ।
सोमबारको तुलनामा आज सुन तोलामा १४ सय रुपैयाँ चाँदी तोलामा २५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ६९ हजार पाँच सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँ थियो।
त्यसैगरी आज चाँदी तोलाको एक हजार नौ सय ४० रुपैयाँ कायम हुँदा हिजो एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
फागुन २०, २०८१ मंगलबार ११:३५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।