घाँस काट्न जाँदा लडेर मकवानपुर र सिन्धुलीमा दुई जनाको मृत्यु

काठमाडौं : मकवानपुर र सिन्धुलीमा घाँस काट्न जाँदा लडेर दुई जनाको मृत्यु भएको छ।
मकवानपुरको राक्सिराङ गाउँपालिका-६ सिलिङ्गे सामुदायिक वनमा एक महिला र सिन्धुलीको सुनकोशी गाउँपालिका-५ काशीखर्क ओडारेमा एक पुरुषको ज्यान गएको हो।
राक्सिराङ गाउँपालिका-६ कोलडाँडा बस्ने अन्दाजी ४८/४९ वर्षीया सीतामाया गलान फागुन १७ गते घरबाट घाँस काट्न जान्छु भनि हिँडेकोमा फर्की नआएकोले आफन्तहरूले खोज्दा १९ गते अपरान्ह चार बजे घरदेखि एक किलोमिटर पश्चिम तर्फ रहेको वनमा मृत भेटिएकी थिइन्।
प्रहरीले उनको भिरबाट खसेर मृत्यु भएको जनाएको छ। स्थानीका अनुसार ती महिलामा पहिल्यैदेखि क्षारे रोगको समस्या थियो।
त्यसैगरी सुनकोशी गाउँपालिकाका ४६ वर्षीय कुलबहादुर भट्टराई आफ्नै बारीमा रहेको फोस्रोको रुखमा चढी घाँस झार्ने क्रममा लडेर टाउकोमा चोट लागेको थियो।
घाइते उनलाई श्रीमतीले देखेर उपचारको लागि स्थानीय आत्मीय सामुदायिक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
फागुन २०, २०८१ मंगलबार ०९:४६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।