सुदूरपश्चिममा विहानैदेखि हल्का वर्षा, दिउँसो चार प्रदेशमा हल्का हिमपातको सम्भावना

सुदूरपश्चिममा विहानैदेखि हल्का वर्षा, दिउँसो चार प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभावले अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली भएको छ।

लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहँदा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले आफ्नो नियमति बुलेटिनमा उल्लेख गरेको छ।

महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने भन्दै त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।

फागुन २०, २०८१ मंगलबार ०७:२१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।