भूकम्पबाट चार जिल्ला प्रभावित, सामान्य क्षति

भूकम्पबाट चार जिल्ला प्रभावित, सामान्य क्षति

काठमाडौँ : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर शुक्रवार बिहान गएको भूकम्पबाट चार जिल्ला प्रभावित भएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोक, भोजपुर, दोलखा, काठमाडौँ, सङ्खुवासभा, म्यादी र धादिङमा जिल्ला प्रभावित भएको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार भूकम्पका कारण एक घरमा पूर्ण रूपमा र तीन आंशिक रूपमा क्षति पुगेको हो।

एक गोठ आंशिक र प्रहरी कार्यालयमा क्षति पुगेको विवरण उल्लेख छ। प्रहरीका अनुसार विस्थापित परिवारको सङ्ख्या ३, सामान्य घाइते ६ र घटना सङ्ख्या १३ रहेको प्रहरी विवरणमा उल्लेख छ। यो विवरण दिउँसो ३ बजे सम्मको भएको प्रहरीले जानकारी दिएको छ।

सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका २  भैरवकुण्ड केन्द्रबिन्दु भएर बिहान २ : ५१ मा ६ दशमलव १ म्याग्निच्युड स्केलको भूकम्प आएको थियो।

सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय कोदारीको भवनमा सामान्य क्षति भएको छ। भोटेकोसी गाउँपालिकाको विभिन्न ठाउँमा सुख्खा पहिरो गएको प्रहरीले जनाएको छ।

फागुन १६, २०८१ शुक्रबार १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।