जेलेन्स्कीलाई तानाशाह भन्ने ट्रम्पले गर्न थाले प्रशंसा

जेलेन्स्कीलाई तानाशाह भन्ने ट्रम्पले गर्न थाले प्रशंसा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा भएको भेटअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको प्रशंसा गरेका छन्।

उनले जेलेन्स्कीप्रति ‘उच्च सम्मान’ रहेको बताए।

सञ्चारकर्मीले ट्रम्पलाई हालै ‘जेलेन्स्कीलाई ‘तानाशाह’ भनेकोमा माफी माग्ने हो कि?’ भनेर प्रश्न सोधेका थिए।

जसको जवाफमा ट्रम्पले आफूले त्यसो भनेकोमा आफैँलाई विश्वास नलागिरहेको भन्दै जेलेन्स्कीलाई ‘धेरै साहसी व्यक्ति’ भने प्रशंसाको पुल बाँधे।

युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने बारेमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि ट्रम्पले सञ्चारकर्मीसँग यस्तो बोलेका हुन्।

ट्रम्पले शुक्रबार जेलेन्स्कीसँगको भेट ‘धेरै राम्रो’ हुने आशा व्यक्त गरेका छन्।

उनले युक्रेन र रुसबीच शान्ति स्थापनाको प्रयास तीव्र गतिमा अगाडि बढिरहेको समेत बताए।

युक्रेनका खनिजका स्रोत अमेरिकालाई दिने सहमति गर्न जेलेन्स्की अमेरिका जान लागेका हुन्।

अमेरिकाले युक्रेनलाई गरेको सहयोग फिर्ता मागेपछि जेलेन्स्कीले यस्तो सम्झौता गर्न लागेका हुन्।

अमेरिकाले युक्रेनलाई रुससँग युद्ध लड्का लागि ५०० अर्ब डलरभन्दा बढीको सहयोग गरेको थियो।

फागुन १६, २०८१ शुक्रबार १३:३७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।