एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

काठमाडौं : एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ।

मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै यो अवार्ड पाउन सफल भएको हो।

एनसेलका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेविलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले यो अवार्ड ग्रहण गरेका थिए।

यो अवार्ड एनसेलले गरेका उल्लेखनीय योगदान र उपलब्धिहरूको सम्मान हो र व्यवसाय सञ्चालनका लागि कम्पनीले सबै पक्षमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको प्रमाण भएको कम्पनीको दाबी छ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले विभिन्न कर तथा शुल्क शीर्षकहरु अन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ सम्ममा तीन सय २० अर्ब भन्दा बढी राजश्व तिरेको छ।

यसैगरी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलहरूमा २ अर्ब रुपैयाँभन्दा बढीका परियोजनाहरु सञ्चालन गरि आर्थिक सामाजिक विकासमा योगदान गरेको छ।

फागुन १६, २०८१ शुक्रबार १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।