यो भूकम्प हुँदै हाेइन, परकम्प हो : डा. अधिकारी

काठमाडौं : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्प पुरानै भूकम्पको परकम्प भएको बताएका छन्।
विहान २ बजेर ५१ मिनेटमा गएको भूकम्प २०७२ वैशाख १२ गते गोरखामा केन्द्रविन्दु भएको गएको भूकम्पको परकम्प भएको उनले बताएका हुन्।
उनले भने,‘यो कुनै नयाँ किसिमको भूकम्प होइन। यो २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पको परकम्प हो।’
भूकम्पबाट सिन्धुपाल्चोकमा एक कैदीका हात भाँचिएको छ।
जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक जना कैदीको हात भाँचिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।
फागुन १६, २०८१ शुक्रबार ११:५४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।