प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
फागुन १३, २०८१ मंगलबार ०८:०६:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।