विश्वको सबैभन्दा छिटो १४ हजार रन पूरा गर्ने खेलाडी बने विराट कोहली

एजेन्सी : भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहली विश्वको सबैभन्दा छिटो १४ हजार रन पूरा गर्ने ब्याटर बनेका छन्।
आइतबार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफीमा उनले १४ हजार रन पूरा गरेका हुन्।
२९९औं एकदिवसीय खेलेकोमा २८७ इनिङमा मात्र ब्याटिङ गर्न आएका उनले १४ हजार रन पूरा गरेका हुन्।
उनले यी रन ५७.८६ को औसतमा बनाएका छन् र उनको स्ट्राइक रेट ९३.४४ रहेको छ।
फागुन ११, २०८१ आइतबार २१:३६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।