फ्रान्सको मिलोस शहरमा चक्कु प्रहारबाट एक वृद्धको मृत्यु, दुई प्रहरी गम्भीर घाइते

फ्रान्सको मिलोस शहरमा चक्कु प्रहारबाट एक वृद्धको मृत्यु, दुई प्रहरी गम्भीर घाइते

एजेन्सी : पूर्वी फ्रान्सको मिलोस शहरमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने दुई प्रहरी गम्भीर घाइते भएका छन्।

घटनास्थलबाट ३७ वर्षीय अल्जेरियन पुरुषलाई पक्राउ गरिएको छ। उनीविरुद्ध आतंकवाद मुद्दाको अनुसन्धान सुरू गरिएको छ। घटनापछि संदिग्ध अल्जेरियन पुरुषले ‘अल्लाहु अकबर’ भनेर चिच्याएको बताइएको छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुई प्रहरीको घाँटीमा र छातीमा चोट लागेको समाचार एजेन्सी एएफपीले जनाएको छ।

प्रहरीलाई चक्कु हान्दा एक ६९ वर्षीय पोर्चुगिज पुरुषले हस्तक्षेप गर्न खोजेपछि उनलाई आरोपीले चक्कुले हानेर मारेको बताइएको छ। आरोपी आतंकवाद निगरानी सूचीमा भएकोले देश निकाला गर्न आदेश दिइएको थियो।

राष्ट्रपति इमानुएल म्याक्रोंले यसलाई इस्लामवादी आतंकवादी आक्रमण भनेका छन्। पीडित परिवारलाई श्रद्धाञ्जली अर्पण गरेपछि म्याक्रोनले देशबाट आतंकवाद उन्मूलन गर्ने संकल्प पुन: दोहोर्याए।

फागुन ११, २०८१ आइतबार ०९:१२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।