पोखरामा ‘वाडा अटो शो’ हुँदै, बुकिङ खुला

काठमाडौं : आगामी चैत १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा ‘वाडा अटो शो २०२५’ हुने भएको छ। उक्त शोका लागि पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा)ले बुकिङ खुला गरेको छ।
पुस २० गते नेपाल अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा)ले वाडाका पदाधिकारी तथा सदस्यहरुबीच पोखरामा पहिलो पटक ‘वाडा अटो शो’ आयोजना गर्ने निर्णय गरेको थियो।
‘वाडा अटो शो’मा दुई, तीन र चार पांग्रे सवारीका साथमा लाइट कमर्शियल, हेभी कमर्शियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तिय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूलाई समूह अनुसार छुट्टाइएकाले सोही अनुसार रजिष्ट्रेशन गर्न सकिने संस्थाले जनाएको छ।
वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले ‘वाडा अटो शो २०२५’ले सकारात्मक ऊर्जा एवं नविनतम् प्रविधिहरूको साक्षात्कार गराउने बताए। यसै क्रममा नाडाले सम्भाव्यता अध्ययनगरी आफना प्रदेश एशोसिएशनहरू मार्फत नेपालका अन्य मुख्य-मुख्य शहरहरूमा अटो प्रदर्शनीको आयोजना गर्ने योजना समेत बनाएको छ।
फागुन १०, २०८१ शनिबार १३:५७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।