बेलायती प्रधानमन्त्री र फ्रान्सेली राष्ट्रपतिले युक्रेनमा युद्ध अन्त्य गर्न ‘केही नगरेको’ ट्रम्पको आरोप

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री केयर स्टारमरले युक्रेनमा युद्ध अन्त्य गर्न ‘केही नगरेको’ आरोप लगाएका छन्।
दुई नेतासँगको भेटअघि फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले उनीहरूमाथि यस्तो आरोप लगाएका हुन्। राष्ट्रपति म्याक्रों सोमबार वाशिंगटन डीसी पुग्ने कार्यक्रम छ भने प्रधानमन्त्री स्टारमर बिहीबार ह्वाइट हाउस पुग्ने बताइएको छ।
आलोचनापछि उनले दुवै युरोपेली नेताहरूको प्रशंसा समेत गरेका थिए। उनले राष्ट्रपति म्याक्रोंलाई ‘मित्र’ भनेर सम्बोध गर्दा प्रधानमन्त्री स्टारमरलाई ‘असल व्यक्ति’ भनेका छन्।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई शान्ति सम्झौताको बारेमा ‘कुनै जानकारी नभएको’ समेत बताए। उनी यतिमा मात्र रोकिएनन् उनी रुस-युक्रेन युद्धविरामको बैठकमा बस्नका लागि महत्त्वपूर्ण व्यक्ति नभएको समेत टिप्पणी गरे।
रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसबेलादेखि, बेलायत, फ्रान्स र अन्य सहयोगी देशहरूले युक्रेनलाई हतियार र अन्य सहायता पठाउँदै आएका छन्।
सोमबार, युरोपेली नेताहरूले युक्रेनको सम्बन्धमा पेरिसमा आपतकालीन बैठक गरे। यो बैठक अमेरिका र रुसबीचको भोलिपल्ट साउदी अरेबियामा हुने बैठकको ठीक एक दिनअघि भएको थियो।
युरोपेली नेताहरूले यो शान्ति सम्झौताले युक्रेन र युरोपलाई अलग गर्नसक्ने डर व्यक्त गरेका छन्।
फागुन १०, २०८१ शनिबार ०९:४२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।