च्यापियन्स ट्रफी आजबाट : उद्घाटन खेलमा पाकिस्तान र न्यूजिल्यान्ड भिड्दै

च्यापियन्स ट्रफी आजबाट : उद्घाटन खेलमा पाकिस्तान र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं : पाकिस्तान र युएईमा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफी आजबाट सुरु हुँदैछ।

प्रतियोगिता अन्तर्गत पहिलो खेल आज घरेलु टोली पाकिस्तान र न्यूजिल्यान्डबीच नेपाली समयअनुसार दिउँसो पौने तीन बजे हुनेछ।

पाकिस्तान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो जबकि न्युजिल्याण्डले सन् २००० मा उपाधि जितेको थियो। प्रतियोगिताको इतिहासमा पाकिस्तानले अहिलेसम्म न्यूजिल्याण्डलाई हराउन सकेको छैन।

दुई टोलीले अन्तिम पटक यस महिनाको १४ तारिखमा एकदिवसीय खेलमा आमनेसामने हुँदा न्यूजिल्याण्डले त्रिकोणीय शृङ्खलाको फाइनलमा पाकिस्तानलाई हराएर उपाधि जितेको थियो।

यसअघि च्याम्पियन्स ट्रफीमा पाकिस्तान र न्यूजिल्याण्डका टोलीहरू ३ पटक आमनेसामने हुँदा तीनै खेल पाकिस्तानले जितेको थियो। यसमा २००० र २००९ को सेमिफाइनल पनि समावेश छ।

एकदिवसीय खेलमा दुवै टोली ११८ पटक आमनेसामने हुँदा पाकिस्तानले ६१ खेल जितेको छ भने न्यूजिल्याण्डले ५३ खेल जितेको थियो। जबकि ३ खेलको नतिजा तय हुन सकेन र एउटा खेल बराबरीमा सकिएको थियो।

फागुन ७, २०८१ बुधबार १३:१५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।