विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण हुने

एजेन्सी : नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण हुने भएको छ।
प्रदर्शनी फागुन ८ गतेदेखि ११ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा प्रदर्शनी हुन लागेको आयोजक मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्सले जनाएको छ।
प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरूका १५० भन्दा बढी स्टल रहने छन्। यसका अलावा निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा समेत जानकारी दिइनेछ।
बिल्डकन क्षेत्रमा आइरहेका नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी गराउन आयोजना गरिएका प्रदर्शनी विगत नौ वर्षदेखि भइरहेको आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, केमिकल, कन्स्ट्रक्सन मेसिनरी, प्रि-फ्याब स्टकचर, युपीभीसी विन्डोज मेसिनरी, युपीभीसी प्रोफाइल, ढोका र झ्याल, आर्किटेक्चरल हार्डवेयर, बाथरुम फिटिङ्स, पाइप्स, टायल्स र स्यानिटरी, रुफिङ, प्रि-इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज, कङ्क्रिट ब्लक मेसिनरी उत्पादन, आल्मुनियम कम्पोजिट प्यानल्सहरूको उल्लेखनीय सहभागिता रहनेछ।
यो प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरू र नविनतम् प्रविधि प्रमुख आकर्षणमा हुने हामीले विश्वास लिएका छौँ। यस प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिहरूलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्नेछ।
यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर, विल्डर, इन्टेरियर डिजाइनरहरूको उल्लेख्य सहभागिता रहनेछ। साथै निजीघर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यक्ति तथा संस्था सार्थ आम नागरिकको बढी भन्दा बढी सहभागिता रहनेछ।
चार दिनसम्म चल्ने प्रदर्शनीलाई लुम्बिनी सेरामिक्स (लामिनार टायल्स)ले मुख्य प्रायोजन गरेको छ भने फेडेरेसन अफ कन्ट्र्याक्टर असोसियसन अफ नेपाल, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म, सोसाइटी अफ नेप्लिसज आर्किटेक्ट तथा इन्टेरियर डिजाइनर एशोसियसन अफ नेपालले पनि साथ दिएका छन्।
फागुन ७, २०८१ बुधबार ११:१२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।