रुस-युक्रेन युद्ध अन्त्यका लागि साउदीमा भएको रुस-अमेरिका वार्तालाई टम्पले भने- ‘एकदमै राम्रो’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिका र रुसबीच भएको शान्ति वार्तालाई ‘एकदम राम्रो’ भनेका छन्।
भेटपछि ट्रम्पले शान्ति वार्ताको बारेमा पहिलेभन्दा ‘बढी विश्वस्त’ रहेको बताए। उनले यो युद्धलाई निरर्थक भन्दै आफू राष्ट्रपति भएको भए यो युद्ध नै सुरू नहुने दाबी समेत दोहोर्याए।
उनले भने, ‘हामी यसको अन्त्य चाहन्छौं र यो अर्थहीन युद्ध हो। यदि म राष्ट्रपति भएको भए यो (युद्ध) कहिल्यै हुने थिएन।’
युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच मंगलबार साउदी अरेबियामा शान्ति वार्ता भएको छ।
यसबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूले पूर्ण पारदर्शिता चाहेको बताए।
‘हामी सबै पारदर्शिता चाहन्छौं ताकि कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस्। हामीलाई रुस-अमेरिका वार्तामा आमन्त्रित गरिएको थिएन। यो हाम्रो लागि पनि आश्चर्यको कुरा थियो। हामीले मिडियाबाट यसको बारेमा थाहा पायौं।’
फागुन ७, २०८१ बुधबार ०८:०३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।