डा. समाज गौतम वीर अस्पतालको निमित्त निर्देशक नियुक्त

डा. समाज गौतम वीर अस्पतालको निमित्त निर्देशक नियुक्त

काठमाडौं : वीर अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतम नियुक्त भएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आइतबार भएको उपकुलपति स्तरीय निर्णयबाट गौतम अस्पतालको निमित्त निर्देशकमा नियुक्त भएका हुन्।

गौतम आजबाट लागू हुने गरी निमित्त निर्देशकमा नियुक्त भएका हुन्। वीरका निर्देशक डा. सन्तोष पौडेलको दुई वर्षे कार्यकाल आजैबाट कार्यकाल सकिएको हो।

डा. गौतम वीर अस्पतालका सहायक निर्देशकको जिम्मेवारीमा छन्।

अस्पतालले केही दिनमै निर्देशक नियुक्ति गर्दैछ। त्यसको दौडमा एमाले निकट निवर्तमान निर्देशक डा. पौडेल, हाल निमित्त निर्देशकको जिम्मेवारी पाएका कांग्रेस निकट डा. गौतम छन्।

यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली निकट डा. दिलिप शर्मा र कांग्रेस निकट डा. अनुपमा कार्कीको नाम पनि निर्देशक बन्ने चर्चामा छ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको चाहना भने डा. गौतमलाई नै बनाउने उनीनिकट स्रोतले बतायो।

वीर अस्पतालको निर्देशकको १२औं तहको दरबन्दी छ। तर अहिले चर्चामा आएका सबै दशौं तहका हुन्।

फागुन ५, २०८१ सोमबार १२:४९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।