प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको छैटौं र सातौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
यस्तै नेपाल प्रहरी विधेयक २०८१ लाई सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
फागुन ५, २०८१ सोमबार ०८:२८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।