संसद् बैठक चलेको ६ घण्टापछि गन्दा गणपूरक सङ्ख्या नै पुगेन, अनि स्थगित गरे सभामुखले

काठमाडौँ : प्रतिनिधिसभाको बैठक सुरु भएको ६ घण्टापछि सांसदहरूको सङ्ख्या गन्दा गणपूरक सङ्ख्या पुगेन। सभा सुरु गर्दै सभामुखले बैठक अगाडि बढाए। सांसदहरूले आफ्नो धारणा राखे।
करिब ६ घण्टापछि ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत भयो।
विधेयक पेस भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले संसद्मा गणपूरक सङ्ख्या नै नपुगेको भन्दै गणना गर्न सभामुख देवराज घिमिरेलेलाई आग्रह गरिन्।
डाँगीको आग्रह अनुसार सभामुख घिमिरेले तीन मिनेटको जनाउ घण्टी बजाई गणपूरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिए।
सभामुख घिमिरेले कार्यसूचीको बाँकी कार्यक्रम हटाउँदै बैठक बैठकमा गृहमन्त्री रमेश लेखकले राख्नुभएको ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची थियो।
नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निणयार्थ पेस गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । प्रस्ताव निर्णायार्थ पेस गर्न गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा सांसदको सङ्ख्या ६८ मात्र पुग्यो।
अनि गणपूरक सङ्ख्या नपुगेको भन्दै सक्काएर फागुन ५ गते दिउसो एक बजे अर्को बैठक बस्ने जानकारी गराए।
फागुन ४, २०८१ आइतबार २१:५९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।