नयाँ दिल्ली रेलवे स्टेनशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते

नयाँ दिल्ली रेलवे स्टेनशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते

एजेन्सी : भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा तीन बालबालिकासहित १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जनाभन्दा बढी मानिस घाइते भएका छन्।

ठूलो भीडका कारण निसास्सिएपछि अधिकांश मानिस बेहोस भएको त्यसलाई देखेर भागदौड मच्चिँदा मानिसको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ।

यसका अलावा प्लेटफर्म नम्बर १४ मा आइपुग्ने रेल प्लेटफर्म नम्बर १६ मा आइपुग्ने घोषणा गर्दा प्लेटफर्म नम्बर १३ र १४ मा भागदौड मच्चिएको थियो।

रेलवेलेका डीसीपी केपीएस मल्होत्राका अनुसार प्लेटफर्म नम्बर १४ मा ठूलो संख्यामा यात्रुहरू भेला भएका थिए।

ती अधिकारीले भने, ‘प्रयागराज एक्सप्रेस त्यहीँ थियो। स्वतन्त्र सेनानी एक्सप्रेस र भुवनेश्वर राजधानी ढिलो छुट्दा प्लेटफर्म नम्बर १२, १३ र १४ मा भीड बढ्यो। प्लेटफर्म नम्बर १४ र प्लेटफर्म नम्बर लेभल १ नजिकै रहेको एस्केलेटर नजिकै अवस्था बिग्रियो।’

टिकट काउन्टरमा भएका अधिकांश मानिसहरूमध्ये ९० प्रतिशत प्रयागराज जाने थिए। रेल आएको घोषणापछि उनीहरू टिकट बिना नै धेरै मानिसहरूले सामान्य टिकट किनेका थिए।

दुई सप्ताहन्तको लागि कुम्भ जाने मानिसहरूको ठूलो भीड थियो, तर स्टेशन प्रशासनले कुनै नियन्त्रण कक्ष स्थापना गरेको थिएन। शनिबार पनि साँझ ५ बजेदेखि भीड बढ्न थाल्यो, तर कसैले ध्यान दिएनन्।

फागुन ४, २०८१ आइतबार ०८:०६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।