पेट्रोलको भाउ बढ्दा डिजेल र मट्टितेलको घट्यो

काठमाडौँ : नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाएको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ।
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम भएको छ। त्यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ तोकिएको छ।
फागुन ३, २०८१ शनिबार २०:३४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।