शान्दार मःम पसल विस्फोटमा मृतकको सङ्ख्या तीन पुग्यो

काठमाडौँ : कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको छ। शुक्रवार दिउँसो साढे २ बजे उदयपुरका २२ वर्षीय प्रदीप तामाङको उपचारको क्रममा मृत्यु भएको हो।
यसअघि सोही घटनामा मकवानपुरका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को पनि मृत्यु भइसकेको छ। विस्फोटमा परी कुल ११ जना घाइते भएकामा बाँकी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ।
फागुन २, २०८१ शुक्रबार १७:१८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।