तोलामा चार सयले बढ्यो सुनको मूल्य

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला चार सय रुपैयाँले बढेको हो।

बिहीबार प्रतितोला सुन एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज सोही परिमाणको सुनको मूल्य एक लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७० रुपैयाँ निर्धारण गरिएको छ।

फागुन २, २०८१ शुक्रबार ११:१७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।