काठमाडौं-हेटौंडाको फाखेल-हुमाने सडक बन्द

मकवानपुर : काठमाडौं-कुलेखानी-फाखेल-हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ।
अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
अर्यालले त्यो मार्गको सट्टामा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।
कुलेखानी-सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन्।
फागुन २, २०८१ शुक्रबार १०:२६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।