बर्दघाटको डान्स बारमा कुटपिट, एक जनाको मृत्यु

बर्दघाटको डान्स बारमा कुटपिट, एक जनाको मृत्यु

रुपन्देही : नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्स बारमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

बर्दघाट नगरपालिका-१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच भएको कुटाकुटबाट एक जनाको मृत्यु भएको हो।

घटना गत माघ २८ गते मध्यराति भएको भए पनि घटनामा घाइते प्रतापुर गाउँपालिका-९ खैरेनीका वर्ष ४५ का सन्तबहादुर चौधरीको उपचारको क्रममा माघ ३० गते साढे ४ बजे चौरहा अस्पताल बुटवल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर-१ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ। डान्सबारभित्र भिडियो खिचेको निहुँमा झगडा भएको बताइएको छ।

पक्राउ परेका प्रतिवादीहरुविरुद्ध जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

फागुन २, २०८१ शुक्रबार ०८:४४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।