'दुखी आत्मा'को प्रिमियरमा अभिनेता दयाले भने ‘इरेक्टाइल डिस्फक्सन’ को समस्यालाई महसुस गरेको छैन’

काठमाडौँ, १ फागुन : यौन स्वास्थ्यको विषयमा निर्माण भएको फिल्म ‘दुःखी आत्मा’ को प्रिमियरमा अभिनेता दयाहाङ राईले फिल्मको क्यारेक्टरबारे बताउँदै आफू कवि पनि नभएको अनि ‘इरेक्टाइल डिस्फक्सन’ को समस्यालाई महसुस पनि नगरे पनि पात्रलाई न्याय गर्न अभिनेताका रूपमा सक्दो मेहनत गरेको बताए।
शुक्रवारबाट रिलिज हुने फिल्मको बिहीबार प्रिमियर शो भएको थियो। निर्देशक तथा लेखक दीपेन्द्र लामाले यौन स्वास्थ्यका विषयमा धेरै विदेशी चलचित्र निर्माण भए पनि नेपालमा उक्त विषयमा चलचित्र निर्माण नभएकाले आफैँले निर्देशन गरेको बताए।
चलचित्रमा कविको भूमिकामा अभिनेता दयाहाङ छन्। अभिनेत्री आँचल शर्माले यौन स्वास्थ्यका विषयमा खुलेर संवाद नहुँदा निम्तिने समस्याले परिवारलाई असर गर्ने गरेको बताउँदै चलचित्रमा उठान गरेको विषय परिवारले हेर्नुपर्ने र चर्चा गर्नुपर्ने बताइन्।
‘एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय रहेको छ।
फागुन १, २०८१ बिहीबार २२:३४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।