श्रीलंकासँग स्तब्ध अष्ट्रेलिया

श्रीलंकासँग स्तब्ध अष्ट्रेलिया

काठमाडौं : घरेलु टोली श्रीलंकाविरुद्धको दुई खेलको एक दिवसीय सिरिजको पहिलो खेलमा अष्ट्रेलिया स्तब्ध बनेको छ।

२१५ रनको लक्ष्य भेट्टाउन नसक्दा अष्ट्रेलिया पहिलो खेलमा ४९ रनले पराजित हुन पुगेको हो। लक्ष्य पट्याउने क्रममा अष्ट्रेलिया ३३.४ ओभरमा १६५ रनमा समेटियो।

उसका लागि एलेक्स क्यारीले बनाएको ४१ रन नै सर्वाधिक बन्यो। त्यसका अलावा एरोड हार्डीले ३०, सिन एबोट र एडम जाम्पाले समान २०–२० रन जोड्दा मार्नुस लाबुसचेन १५ र कप्तान स्टिभ स्मिथ १२ रनमा समेटिए।

श्रीलंकाका महीष थीसान्काले चार विकेट लिँदा असिथा फर्नान्डो र दुनिथ वेल्लालागेले समान दुई–दुई विकेट लिए।

त्यसअघि श्रीलंकाको आर प्रेमादासा स्टेडियममा टस जितेर पहिला ब्याटिङमा तानिएको श्रीलंकाले ४६ ओभरमा अलआउट हुँदै २१४ रन बनायो।

उसका लागि चरिथ असलंकाले १२७ रनको शतकीय पारी खेल्दा दुनिथ वेल्लालागे र कुसल मेन्डिसले क्रमशः ३० र १९ रन बनाए।

अष्ट्रेलियाका सिन एबोटले तीन विकेट लिँदा नाथन इलिस, एरोन हार्डी र स्पेन्सर जोनसनले समान दुई–दुई विकेट लिए।

सिरिजको दोस्रो तथा अन्तिम खेल भोलि हुनेछ। सिरिज सकिएसँगै अष्ट्रेलिया च्याम्पियन्स ट्रफीको लागि पाकिस्तान जानेछ। श्रीलंकाले भने यसपालीखच्याम्पियन्स ट्रफीमा छनोट भएन।

यसअघि भएको दुई खेलको टेस्ट सिरिज भने अष्ट्रेलियाले क्लिन स्वीप गरेको थियो।

फागुन १, २०८१ बिहीबार ०८:४२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।