आहा रारा पोखरा गोल्डकपको फाइनल पुग्यो नेपाल पुलिस क्लब

आहा रारा पोखरा गोल्डकपको फाइनल पुग्यो नेपाल पुलिस क्लब

पोखरा : नेपाल पुलिस क्लब २४ औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधवार पोखरा रङ्गशालामा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै पुलिस क्लब २४ औँ संस्करणको उपाधि नजिक पुगेको हो।

पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोलीमध्ये एक हो। पुलिस र मनाङ मर्स्याङ्दी क्लबले समान ६ पटक पोखरा उपाधि जितेको छ।

पुलिसपछि मनाङ सर्वाधिक १० पटक फाइनल खेल्ने टोली हो। पुलिसले थ्री स्टार क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग शनिवार फाइनल खेल्नेछ।

माघ ३०, २०८१ बुधबार १८:२३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।