२०८३ असारमा प्रधानमन्त्री पदबाट राजीनामा दिने ओलीको घोषणा, कुनै दल विभाजन गर्ने सोख नभएको दाबी

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म काङ्ग्रेस-एमालेकै सत्ता समीकरण रहने दाबी गर्दै २०८३ असारमा आफूले राजीनामा दिने बताए। एक कार्यक्रममा बुधवार उनले आफूले प्रधानमन्त्री पदबाट राजीनामा गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबी गरे।
ओलीले विपक्षीले आजै ढल्यो, भोलि ढल्यो भनेर गीत गाए पनि सरकार विकास, निर्माण र सुशासनका मार्गमा स्पष्टताका साथ अगाडि बढ्ने दाबी समेत गरे।
उनले देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पार्ने अराजक तत्त्वहरूले कुनै गतिविधि गर्न थाले देश, संविधान र लोकतन्त्रको हितमा लड्नुपर्ने समेत बताए।
ओलीले राजनीतिक दलसम्बन्धी कानुनी रिक्तताका लागि सङ्घीय संसद्मा विधेयक ल्याउने जानकारी दिँदै उनले आफूलाई कुनै दल विभाजन गर्ने सोख र आवश्यकता नरहेको दाबी समेत गरे।
माघ ३०, २०८१ बुधबार १७:३६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।